कर्णालीका सामाजिक विकास कार्यालयले गरे ४२ प्रतिशत प्रगती , सामाजिक विकास मन्त्रीले भन्नुभयो ः तपाईहरु असली हिरो हो

सुर्खेत , ३२ जेठ ः कर्णाली प्रदेशका सामाजिक विकास कार्यालयहरुले ४२ प्रतिशत प्रगती गरेका छन् । शिक्षा विकास निर्देशनालय बीरेन्द्रनगर सुर्खेतले गरेको समिक्षामा सबै जिल्ला कार्यालयले चालु र पुर्जीगत खर्चको विवरण प्रस्तुत गरेको सामाजिक विकासन्त्री बीरबहादुर शाहीले जानकारी दिनुभयो । उक्त समीक्षा कार्यक्रममा कर्णाली प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुलाई समेत बोलाएको थियो ।


१० जिल्लाका सामाजिक विकास अधिकृत सहभागी रहेको उक्त प्रगती समिक्षा र अनुभव आदानप्रदान कार्यक्रममा सामाजिक विकास मन्त्री शाहीले परिणाम आउने गरी काममा लाग्ना निर्देशन दिनुभएको थियो । उहाँले कर्मचारी मित्रहरुले काम गर्नुपर्दा दरबन्दी अभावका कारण भोग्नुपरेको पीडा बारे जानकार रहेको भन्दै समस्य समाधानका लागि प्रयास जारी रहेको बताउनुभयो । अहिले जुन गतीमा काम भइरहेको छ , त्यो काम तपाइहरुको कामको गती भएको बताउनहुँर्दै मन्त्री शाहीले असली हिरो भन्दै प्रशंसा गनुभयो । मन्त्रालयले कर्मचारीको वृद्धि ,विकासमा भारी मात्रामा ध्यान दिने समेत उहाँले बताउनुभयो ।

चालु आबको हाल सम्माको खर्च अनुसार सबै भन्दा बढी प्रगती गर्नेमा सामाजिक विकास कार्यालय , सल्यान रहेको छ । जसले ५७.४८ प्रतिशत प्रगती गरेको जनाएको छ । ५४.४१ प्रतिशत अंक ल्याएर दैलेख दोस्रो भएको छ भने जाजरकोटले ५४.२१ अंक ल्याएर तेस्रो भएको छ । शिक्षा निर्देशनालयले २७.१२ , हुम्लाले ४८.७१, मुगुको ४१.२७, डोल्पाले ४१.९७, जुम्लाले ४८.९१, कालिकोटले ३२.३३, रुकुम पश्चिमले ४१.८१ प्रतिशत अंक ल्याएको मन्त्री शाहीले जानकारी दिनुभयो ।

जेठ महिनाको प्रगती विवरण भएका कारण सबै विवरण आउन नसकेको उहाँको भनाई रहेको छ । असार सहितको प्रगती आएर अझ बढन सक्ने उहाँको भनाई रहेको छ । अहिले जिल्ला , जिल्लामा भारी मात्रामा काम भइरहेको उहाँले जानकारी दिनुभयो । शिक्षा निर्देशनालयकी निमित्त निर्देशक दिपा हमालले १० जिल्लाका कार्यालय प्रमुखले काम गर्दा परेका समस्यका बारेमा कुरा राख्नुभएको बताउनुभयो ।
हेमन्त केसी





error: Content is protected !!