तिला नदीमा बेपता किशोरको शव भेटियो

कालीकोट ः तिला नदीमा वेपता भएका किशोरको शव भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका –६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोर मंगलवार बेपत्ता हुनुभएको थियो । उहाँको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।

तिलागुफा नगरपालिका –७ घर भइ हाल वडा ६ को गाल्जे बजारमा होटल व्यावसाय गरी बस्ने रुपकौडा बमका अन्दाजी १५ वर्षीय छोरा हिक्मत बम बेपत्ता हुनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले तीन दिनसम्म लगातार खोजिपछि नदीमा किशोरको शव भेटिएकोे बताउनुभयो । किशोर खोजिका लागि खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा दुई जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा तीन जना गरी पाँच जनाको टोलीसहित जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा सात जनाको टोली खटाईएको थियो ।

नेपाली सेनाको आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा सात जनाको टोली गरी जम्मा सुरक्षा निकायका १९ जनासहित स्थानीयले खोजी गरेपछि आज बिहान शव भेटिएको प्रहरीको भनाइ छ ।





error: Content is protected !!