कर्णालीका १० जिल्लामा सिँचाइ गर्न ८२ करोड नेपालपोष्ट खबर । १५ जेष्ठ २०८१, मंगलवार १६:०५ मा प्रकाशित सुर्खेत, १५ जेठ ः आगामी २०८१/८२ को बजेट भाषण मार्फत कर्णालीका १० जिल्लामा एकीकृत कर्णाली सिँचाइ आयोजनाका लागि सरकारले बजेट बिनियोजन गरेको छ । त्यसका लागि रु ८२ करोड करोड रुपैयाँ बिनियोजन गरिएको छ । भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाका बाँकी काम गर्नका लागि २ अर्ब बजेट बिनियोजन गरिएको छ । कृषि र वन पैदावार कार्यक्रम कर्णालीमा लागु गरिने भएको छ । जाजरकोट , रुकुम पश्चिममा भूकम्पका कारण भत्किएका भौतिक संरचना निर्माण गर्नका लागि २१ अर्ब ६४ करोड रकम बिनियोजन गरिएको छ । जुम्लाको हिमा ,तिला नदीको किनारमा मार्सीधान करिडाेर तथा विकास गर्न बजेट बिनियोज गरिएको छ । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)