कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने

सुर्खेत, १ जेठ ः राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ कार्यक्रम सुरु गरिने बताउनुभएको छ ।
मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले कर्णालीको कृषि विकासका लागि सिँचाई कार्यक्रम सुरु गरिने बताउनुभएको हो ।










