मुगुका गाउँभरी कुटानी ,पिसानी गर्न मुसलकै प्रयोग

हेमन्त केसी
सुर्खेत ः मुगुको छायाँनाथ रारा नगरपालिका–११ का विमी बुढा खेतबारीमा उत्पादन भएको सबै अन्नहरु गाउँको बीचमा भागमा रहेको ओखलमा राखेर मुसलको सहाराले कुटानी ,पिसानीको काम गर्दै आउनुभएको छ । उहाँको यो रहर नभई बाध्यता रहेको छ । उहाँ मात्र होइन, उहाँका सबै पुस्ताले यही वरम्परागत ओजारको सहायताले कुटानी पिसानीको काम गर्दै आएका छन् ।

दुइ हातको सहाराले एक खुट्टाले अन्नहरु ओख्याल भित्र घुसाउदै अर्को खुट्टाले बल लगाएर मुसलद्धारा अन्नपात कुटानी , पिसानीको काम हुने गर्दछ । गाउँ ,गाउँमा विद्युतका तारहरु पुगेका छन् तर विद्युत बल्दैन । देखाउनका लागि मात्र दुइ वर्ष देखि पोलहरु बाटोभरी ठड्याएर राखिएको स्थानीयबासीको आरोप छ । विद्युत पुगेपछि यहाँका स्थानीयबासीहरु विद्युतीय मिलको सहरामा अन्नपात कुटानी ,पिसानी गर्ने भारी धोको रहेको स्थानीय शिक्षक पदम कुमाइले बताउनुभयो । अहिले रोवा गाउँको बीचमा रहेको परम्परागत घरहरुको बीचमा भारी समय अघि देखि ३ वटा ओखलबाट स्थानीयबासीहरु कुटानीको काम गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँमा पानीबाट सञ्चालन हुने घट्टहरु नभएका कारण अर्को समस्य आएको उहाँको भनाई छ । गाउँमा सडक पुगेको छ , तर यातायातका साधनहरु गुडदैनन् । केही हुने खानेले सदरमुकामबाट चामल ल्याएर दैनिक भान्सा चलाउदै आएका छन् भने अधिकांश सर्बसाधारणहरु ओखलमा मुसलको सहाराले पाखेधान (पाखो जमिनमा लगाउने ) , कोदो , गहुँ, मकै कुटानी,पिसानी गरेर भान्सा चलाउदै आएको उहाँले जानकारी दिनुभयो । रोवा मात्र होइन, यस क्षेत्रका अधिकांश गाउँमा मुसलकै सहायताले ओखलमा खाद्यान्न राखेर पिसानी, कुटानीको काम गर्दै आएको अर्का स्थानीय शिक्षक रत्ति कुमाइले जानकारी दिनुभयो ।

महिला तथा पुरुषहरुले दैनिक ओखलमा अन्नहरु कुटानी र पिसानीको काम गर्दा निकै ब्यस्त हुने गरेको उहाँको भनाई छ । ओखलमा अन्न कुटानी ,पिसानीको काम गर्दा आफूहरु निकै दुखमा परेको रुवाकी पानमती महतराले बताउनुभयो । पुरुष भन्दा बढी महिलाहरुले दुख पाउनुपर्छ , हातको सहाराले कुट्दा कुट्दा हातमा ठेला समेत बसीसके , हाम्रा दुख कसले हेर्ला ? उहाँले सुनाउनुभयो । मुगुमा सदरमुकाम सहित ४ स्थानीय तहहरु रहेका छन् । सबै गाउँमा मुसलकै सहरामा अन्नहरु कुटानी,पिसानीको काम हुने गरेको पत्रकार महासंघ , मुगुका अध्यक्ष नृपेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ यो परम्परागत साधन पनि हो , यो बाट अन्नहरु कुटानी ,पिसानी गर्दा स्वादिष्ट हुने गर्दछ । रैथानीबालीहरु मुगुमा धेरै पाइने हुने सबै यहीबाट कुटानी,पिसानीको काम हुने गर्दछ । ’

तल्लो भागमा ढिकीको प्रयोग हुने भएपनि मुगुमा ओखल र मुसलकै प्रयोग बढी हुने गरेको समेत उहाँले बताउनुभयो । कुटानी ,पिसानीको गर्नका लागि आधुनिक मिलहरु प्रयोगमा ल्याउन सके छिटो छरितो हुनुका साथै समयको बचन हुने प्रभात माध्यमिक विद्यालय रोवाकी शिक्षिका नन्दा शाहीको भनाई छ । मेरो घर जाजरकोट हो , तर हाम्रोमा यत्ति धेरै दुख छैन । यहाँका महिलाहरुलाइ धेरै दुख रहेछ ।

बिभिन्न अनुदानका कार्यक्रमहरु बिभिन्न निकायबाट हुने गरेपनि त्यो अनुदानको रकम दुरदराजका बस्तीमा नपुगेको पाइएको उहाँको आरोप छ । ग्रामिण जीवन स्तर निकै समस्यमूलक रहेको उहाँको बुझाई छ । भर्खरै मात्र मोवाइल फोनको पहुँचमा आएको यहाँका गाउँहरुमा इन्टरनेट सेवा अझैँ सबै ठाउँमा पुग्न सकेको छैन । सदरमुकाम रहेको छायाँनाथ रारा नगरपालिका भित्र केही सजिलो भएपनि अन्य पालिकामा अझैँ भारी सास्ती रहेको शाहीको भनाई छ ।

विहान देखि बेलुकी सम्म काम गर्दा पनि मुस्किलले खाना पुग्ने ग्रामिण क्षेत्रको कामले यहाँका स्थानीयबासीहरु हैरान भएको उहाँले उल्लेख गनुभयो । औषधि उपचार गर्नका लागि भरपर्दो स्वास्थ्य संस्था नहुँदा अर्को समस्य यहाँका स्थानीयबासीको लागि फलामको चिउरा चपाएझैँ हो । घरियासी काममा महिलाहरु बढी खटिनुपर्दा यहाँका महिलाहरुको जनजीवन हैरानीमा वित्ने गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!