सुहाङलाई ४६ सय मतको अग्रता, कांग्रेस र थेगिमबीच मतान्तर २ सय ८८

काठमाडौं ः इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले ४ हजार ६ सय ८३ मतको अग्रता कायम गरेका छन्। ३२ हजार १ सय ९४ सदर मत गणना हुँदा नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच कडा टक्कर देखिएको छ। दोस्रो स्थानमा रहेका खड्काले ८ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने थेगिमले ८ हजार ८९ मत ल्याएका छन्।

उनीहरूबीचको मतान्तर २ सय ८८ रहेको छ। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ७ सय १३ मत ल्याएका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!