कर्णाली प्रदेश सरकार आज विस्तार हुने

सुर्खेत ः मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वको मन्त्रीमण्डल आज विस्तारको तयारी थालिएको छ । आइतबार हुने भनिएको मन्त्रीपरिषद विस्तार माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा रुकुम पश्चिम रहेको र मुख्यमन्त्री समेत काठमाडौँबाट फर्कन समय लागेकाले राखिएको थियो ।
मंगलबार एमाले भित्रको भागबण्डाको कुरा मिलेमा मन्त्रीमण्डल विस्तार हुने स्रोतले बताएको छ । माओवादी भित्र भागण्डा टुंगो लागिसकेको माओवादी स्रोतले जानकारी दिएको छ । पुरानालाई नदोहोर्याउने सहमति भएपछि माओवादी भित्र भागबण्डा मिलाउन सहज भएको हो ।
क्षेत्र ,भुगोल मिलार मन्त्रीहरु सिफारिस गरिएको माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । एमाले भित्रको आन्तरिक विवाद नमिलेमा आज मन्त्रीमण्डल विस्तारमा केही ढिलाई हुने देखिएको छ ।










