कतारका राजाको आगमनका लागि चिटिक्क पारियो काठमाडौं (तस्वीरहरू)

काठमाडौं ः कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपाल आउँदैछन्।​ उनी अपराह्न ४ देखि ५ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन्।

उनी आउने भएपछि यतिखेर काठमाडौंलाई चिटिक्क बनाइएको छ।

कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन्।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनको भ्रमण सफल बनाउन सरकारी संयन्त्रले तयारी तीव्र पारेका छन्। ​कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन्।

 





error: Content is protected !!