दुर्गमका विद्यालयलाई विज्ञान प्रयोगात्मक सामग्री

सुर्खेत
वैशाख ५ गते ।
जुम्लाको सिंजा गाउँपालिकामा केही दिन अगाडि आठ कक्षाको परीक्षाको नतिजा प्रकाशन भएको हो ।उक्त परीक्षामा ४६ जना विद्यार्थीमात्र उत्तिर्ण घोषित भएका हुन। सिंजा गाउँपालिका अन्तर्गतको शिक्षा शाखाको प्रारम्भिक अनुमानअनुसार विज्ञान विषयमा असफल हुने विद्यार्थीको संख्या बढी रहेको देखिएको छ ।यसबाट विद्यालय तहमा विज्ञान विषयको पढाइ प्रभावकारी नभएको र अधिकांश विद्यार्थीलाई विज्ञान विषय कठिन लागेको पुष्टि भएको स्थानिए बताउछन।स्थानिएका अनुसार, विज्ञान पढाइने तरिकानै त्रुटिपूर्ण छरुविज्ञान कठिन विषय होइन, विद्यालयमा विज्ञान पढाउने विधि प्रभावकारी नभएको हो।विज्ञान प्रमाणमा आधारित हुन्छ। विज्ञानको विशेषता भनेकै प्रमाणिकता र प्रयोगहरू हुन्। विद्यार्थीले कक्षामा पढेका वा सिकेका विज्ञानका सिद्धान्त, सूत्र तथा प्रक्रिया प्रयोगशालामा ठोस प्रयोगद्वारा प्रमाणित भएको हुनुपर्छ। विद्यार्थी आफैँले प्रयोगशालामा ती सिद्धान्त प्रयोगमार्फत् प्रमाणित गर्न सक्नुपर्छ।तर,दुर्गमका अधिकांश विद्यालयमा विज्ञान विषयका विद्यार्थीले कुनै वैज्ञानिक प्रयोग गरेका वा देखेका पनि हुँदैनन्। विशेषगरी सरकारी विद्यालयमा यसका लागि आवश्यक सुविधायुक्त प्रयोगशाला हुँदैनन्। भनिन्छ, विज्ञानमा सिद्धान्तबिनाको प्रयोग अर्थहीन हुन्छ र प्रयोगबिनाको सिद्धान्त अधुरो। त्यसैले विज्ञानमा सिद्धान्त र प्रयोग दुवैको त्यत्तिकै महत्व हुन्छ। हाम्रो विज्ञान विषयको पठनपाठन सैद्धान्तिकमात्र हुने गरेको छ। विद्यार्थीले कक्षामा सिकेका विज्ञानका सिद्धान्त प्रयोगशालामा प्रयोगद्वारा प्रमाणित भएको देखेका हुँदैनन्। यिनै कारणले गर्दा पनि विद्यालय तहका विद्यार्थीका लागि विज्ञान गाह्रो विषय बन्ने गरेको छ।विज्ञान विषयको पठनपाठन प्रभावकारी बनाउन सैद्धान्तिक कक्षाको साथै प्रयोगात्मक कक्षामा पनि त्यतिकै जोड दिनु आवश्यक देखिन्छ।यसलाई समस्यालाई मध्यनजर गर्दै जुम्लाको सिंजा गाउँपालिका (२ मा अवस्थित माध्यमिक विद्यालय चुलेलगाँउमा विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।
प्लान इन्टरनेशनल नेपालीको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा संचालनमा रहेको शसक्त बालिका परियोजना अन्तर्गत उक्त विद्यालयमा विज्ञान प्रयोगशालाको दिगो व्यवस्थापन र संचालन लागि विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।सिंजा गाउँपालिकाको अगुवाइमा हस्तान्तरण गरिएको थियोे। ९१ प्रकारको ४ लाख बराबरको विज्ञानका प्रयोगात्मक शैक्षिक सामाग्री उपलब्ध गराइएको छ।विज्ञान र प्रविधिबारे नयाँ नयाँ सामग्रीहरू रहेको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपाने बताउँछन्। उनी भन्छन्, ‘विज्ञान र प्रविधिको बारेमा सिकाउनु अहिले अपरिहार्य छ।यसले दुर्गमका विद्यार्थीलाई शिक्षण सिकाइमा ठुलो सहयोग पुग्नेछ। कक्षा १० मा अध्ययनरत छात्रा पुजा पछाईले खुसी हुँदै भनिन्, ‘स्कुलमा यस्ता कुरा पढाइ त हुन्छ तर प्राक्टिकल अलि कम हुन्छ।मैले हेर्ने मौका पाएँ र धेरै कुरा सिक्नेछु।’यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिर्थ वडले आफ्नो विगत सम्झिँदै भने, ‘हाम्रो पालामा यस्तो प्राक्टिकलका सामान त्यति थिएनन्। सूत्रहरू घोक्यो, कण्ठ पार्यो। यस्तो देख्न पाएको भए अझै धेरै कन्सेप्ट आउँथ्यो होला।’विद्यालयलाई सहयोग गर्नेछ सहयोगी हातहरुलाई उनले,धन्यवाद दिए।यता सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले विज्ञान सामाग्रीले गाउँका विद्यार्थीको शिक्षणमा टेवा पुग्ने बताए।विद्यालयका प्रध्यानाध्यापक जयलला खत्रीले आजको वैज्ञानिक युगमा गुणस्तरीय विज्ञान शिक्षाको ठूलो महत्व छ।यसले ठुलो अर्थ राख्ने बताए।यता शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार विज्ञान शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विज्ञान विषयको सैद्धान्तिक ज्ञानमात्र दिएर पुग्दैन। विद्यार्थीलाई प्रयोगात्मक ज्ञान प्रदान गर्न जरुरी छ। यसको लागि विज्ञान विषयको पठनपाठन हुने हरेक शैक्षिक संस्थामा सुविधायुक्त विज्ञान प्रयोगशाला निर्माण गरिनुपर्छ। कार्यक्रममा वक्ताहरुले विद्यालयका शैक्षिक गुणस्तर संगै विद्यार्थीको सामाजिक, नैतिक र मनोविज्ञानिक विकासमा पनि ध्यान दिन आवश्यक रहेको जोड दिए ।



