दश जिल्लाका १३ नमुना विद्यालय निर्माण गरिने

काँर्केविहार (सुर्खेत)१८ चैत ः सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका १३ वटा नमुना विद्यालय निर्माण गर्ने भएको छ ।
एक जिल्ला एक नमुना विद्यलय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेशागत सहयोग कार्यक्रम मार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो । सार्वजानिक शिक्षा सुधार सम्वन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेश गरेका विद्यालय मध्य मन्त्री स्तरिय निर्णयबाट १३ विद्यालय छनोटमा परेको निमित्त निर्देशक हमालले जानकारी दिनुभयो ।
सुर्खेतमा १ , दैलेखमा १ ,डोल्पामा १ , जुुम्लामा १ , कालिकोटमा १ ,मुगुमा १ , जाजरकोटमा २ , सल्यानमा २ र रुकुम पश्चिममा २ वटा विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।










