रुख भाँचिदा बुढाको मृत्यु

सुर्खेत १८ चैत ः डोल्पामा शनिबार अत्याधिक हावाहुरीका मुड्केचुला गाउँपालिका ९ होर्तगाउँका बर्ष ४० का सिद्ध बुढाको मृत्यु भएको छ । आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बीच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुसि खोलाबाट आलु र खेतमा प्रयोग गर्ने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढल्दा बुढासँगै दुई वटा घोडा च्यापिएका थिए । रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिरेका बुढाको उपचारको लागि डोल्पा देखि जुम्ला लिदै गर्दा बाटोमा अत्याधिक रक्तश्राबका कारण शनिवार साझ लामाचौरमा ज्यान गएको उहाँको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!