आइएनफद्वारा अपांगताहरुकाे लागि घर घरमै शौचालय निर्माण

सुर्खेत फाल्गुन,३०,
सिम्ता गाउँपालिका सुर्खेतमा आइ,एन,एफ साइनिङ द्वारा सञ्चालित समावेशी परियाेजनाले अपांगता भएका व्यक्तिहरुकाे समग्र क्षेत्रमा विगत ढेड वर्ष देखि काम गर्दै आएको छ।सिम्ताका वडा ५,६ र ८ का अपांगता भएका व्यक्तिहरुकाे लागि घरमै शौचालय निर्माणकार्य देखि ,मेडिफिकेशन र अन्य सामग्री समेत प्रदान गर्दै आएको हेा। वागेश्वरि मावि राकममा अपांगता भएका वालवालिकाकाे लागि आइएनएफ सुर्खेतले सौचालय,रेलिङ लगाएतको निर्माणकार्य सम्पन्न भएकेा साइनिङ्ग परियाेजना कार्यक्रम संयोजक ललित वहादुर सारुले बताए ।

सारुका अनुसार ,
सिम्ताका विभिन्न क्षेत्रमा आइ,एन,एफ,को सहयोगमा सञ्चालित कार्यक्रम अनुसार वागेश्वरि मावि राकमकाे अपांगता छात्रवास, तथा अन्य क्षेत्रमा समेत शौचालय निर्माणकार्य सम्पन्नता भएको छ। साेहि शिलशिलामा आइएनएफ र गाउँपालिकाकाे संयुक्त टिमले ती क्षेत्रमा अनुगमन समेत गरेको छ ।अनुगमनका क्रममै गाउँपालिका अध्यक्ष ऎन वहादुर चन्दले सराेकारवाला निकायले वालिवालिकाकाे लागि पट्के सहयोगले मात्रै नहुने र दिगो रुपमा उनको जिवनमा आइपर्ने सबै खाले सहयोग गर्न सक्ने जनाए ।
जसका लागि गाउँपालिका र संस्थाको साझेदारीमा दिगाेपना दिनका लागि याेजना वनाउनु पर्ने जनाएको छ ।उक्त अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गाेमा रेग्मी,प्रमुख प्रशासकिय अधिकृत भलारम पंगाली,स्वास्थ्य शाखा प्रमुख विरेन्द्र पुन,वालवालिका शाखाका भविन्द्र प्रसाद शर्मा,आइएनएफ साइनिङ्ग परियाेजना कार्यक्रम संयोजक ललित वहादुर सारु,अनुगमन अधिकृत लाेक प्रसाद गौतम,मेडिकल टिम अन्यकाे सहभागीतामा फिल्ड अनुगमन कार्य सम्पन्न भएको छ ।










