भलिबल प्रतियोगिताको विजेता न्यु सिम्तालि कल्व,

सुर्खेत फाल्गुन,२८,

सिम्ताकाे काेटेश्वरमा जारि भलिबल प्रतियोगितामा न्यु सिम्तालि मर्निङ स्टार युथ कल्वले एक लाख राशिको पुरस्कार हात पारेको
आयोजकले जनाएको छ। आयोजका अनुसार, उप वेजेतामा नाहागाउँ सिम्ता गाउँपालिका रहेको हेा । महाशिवरात्री तथा गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित साे कार्यक्रम भलिबल,डाेरि तान्ने,व्यट्मिन्टिन लगाएतका खेलहरु ३ दिनसम्म चलेको थियोे ।
सिम्ताकाे काेटेश्वरमा जारि भलिबल प्रतियोगिता अन्तिम फाइनल खेल हेर्नेहरुकाे भिड भने निकै लागेको थियो । त्यसैमा सुर्खेति कलाकारहरुले साँगेतिक माहाेलले रौंनक छाएको पनि बताए । सिम्ताकाे काेटेश्वर मन्दिर स्थानीय आसपास क्षेत्रकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थानका रुपमा चिनिन्छ । विजेता,उप विजेता खेलाडीहरुलाइ गाउँपालिका अध्यक्ष ऎन वहादुर चन्द,निर्वतमान अध्यक्ष कविन्द्र कुमार केसि,उपाध्यक्ष गाेमा रेग्मी,प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली,सम्पुर्ण वडाका वडा अध्यक्ष,कार्यापालिका सदस्य,राजनीतिक दलका प्रतिनिधिहरुले पुरस्कार वितरण गरेका थिए ।
समापन सत्रमा अध्यक्ष चन्दले आगामी वर्ष काेटेश्वरमा शिवकाे मुर्ति स्थापना गरेर उक्त क्षेत्रको विकासमा अझै दत्तचित्त भएर लाग्ने जनाए । सिम्ता खेलकुद विकास समिति अध्यक्ष विरेन्द्र सिंह ठकुरीको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुन्दर मल्लले गरेको जनाएको छ ।





error: Content is protected !!