मुडकेचुलामा भाइरल ज्वारो ,रुघाखोकीले गाउँका सबै बिरामी

डोल्पा ः डोल्पाको मुडकेचुला गाउँपालिकाको वडा नम्बर ५ र ६ का अधिकांश स्थानीयबासीहरु बिरामी भएपछि समस्य उत्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाबाट उपचार कार्य जारी भएपनि औषधिको समस्य देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सम्भु यादवले बताए । बिरामीहरुको संख्या भारी मात्रामा भएकाले उपचारमा समस्य देखिएको हो । पालिकामा भएको औषधिबाट जतिसक्दो उपचार जारी रहेको उनले बताए ।










