पर्यटन प्रवद्धन गर्न नेपाली सेनाले पदमार्ग यात्रा सुरु

सुर्खेत ः पर्यटन प्रवद्धन गर्न नेपाली सेनाले पदमार्ग यात्रा सुरु गरेको छ । ‘आफ्नै ठाउँ आफै चिनाउँ’ भन्ने मूल नाराका साथ कालीबहादुर गणले सुर्खेतका एेतिहासिक, साँस्कृतकि र पुरातात्विक महत्व बोकेका स्थानमा पदयात्राको सुरुवात गरेको छ ।

श्री ४ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री प्रकाश थापाको नेतृत्वमा श्री कालिबहादुर गणका सेनानी कौशल कार्की लगायतको टीमले सुरुवातमै वीरेन्द्रनगरको वडा १४ मा रहेको वयलकाँडा गढी ईलाकामा पदमार्गबाट सुरु गरेको छ ।

बाह्य पर्यटकमात्र हैन, आन्तरिक पर्यटकहरुलेपनि पर्यटकिय रुटहको प्रवद्धन गर्नुपर्छ सेनाले पर्यटकिय पदयात्राको सुरुवात गर्दै सामाजिक कार्यामापनि नेपाली सेना साथममा रहेको महसुस हुनलाई यात्राको थालनी गरेको बताए । सुर्खेतमात्र हैन कर्णालीका सम्भावित क्षेत्राका पर्यटकीय स्थानमा नेपाली सेनाले पदयात्रा गर्ने उनको भनाई छ ।

वीरेन्द्रनगरका वडा अध्यक्ष दिनेश केसीले वडा १ को धारापानीबाट बयलकाडा जाने पुरानो पदमार्ग भएको बताए । उनले सडकसञ्जालले पुराना पदमार्ग लोपहुँदै गएकाले सेनाले पदमार्गलाई उच्च प्रथामिकतामा राखेको बताए । यो रुट हाइकिङका लागि उपउक्त भएको बताए ।





error: Content is protected !!