माओवादी केन्द्रबाट हितबहादुर ,रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले मन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ ।
माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’ नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्यालले मन्त्री पदको शपथ ग्रहण गर्ने छन् । उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए ।
नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए ।










