कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने


बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’ कांग्रेसले गठबन्धन नतोडेको भन्दै नयाँ रणनीति पनि केही नभएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं ,’ उनले भने । गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताए ।
‘गठबन्धन प्रधानमन्त्रीले तोड्न, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ,’ उनले भने ।










