हिउँले कर्णाली राजमार्ग र नाग्म– गमगढी सडक अबरूद्ध


सुर्खेत फाल्गुन २१
कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ । तातोपानी-१ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा ढुंगा र माटोको पहिरो खसेको हो ।तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढा थापाले पहिरोले सडक पुर्ण रुपमा बन्द भएको बताए । उनका अनुसार सवारीसाधनहरु रोकिएका छन् ।आवतजावत पनि ठप्प नै छ । पहिरो पन्छाउन डोजर प्रयोग भएपनि केही समय लाग्न सक्ने देखिएको छ । सवारी साधन आवागमन ठप्प भएपनि यात्रुहरु हिडेर यात्रा गर्न बाध्य छन् ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टले पहिरो पन्छाउन मेसिन प्रयोग भइसकेको बताए । उनले भने, ‘पहिरो गएर सडक बन्द भएको खबर ढिलो प्राप्त भयो । खबर पाउने वित्तिकै डोजर लगाएर सडक छिटो खुलाउने प्रयास भइरहेको छ ।’सुर्खेत र नेपालगञ्ज देखि जुम्ला सदरमुकाम खलंगातिर आउने सवारीसाधनहरु रोकिएका छन् । छिटाे सडक खुलाएर यातायात सेवा सञ्चालन गर्न यात्रुहरुले माग गरेका छन् ।यता हिमा गाउपालीका – ४ स्थित जुँगाड मा सुख्खा पहिरो बाट ठुलो ढुङा आइ सडक अबरुद् भएको छ।यस्तै कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ।एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएर सुचारु गरेको थियो। शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनःअवरुद्ध भएको हो।सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन्। झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए। मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ छ।कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ।सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन्। नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानी पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ। नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ।पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्ने नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ। साथै सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ।










