बालबालिकाहरुमा दादुरा रुवेलाको बिरुद्धको खोप लगाइने

बबिता विष्ट
पाल्पा ः फागुन १३ गते देखी पाल्पामा बालबालिकाहरुमा दादुरा रुवेलाको बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दुई चरणमा खोप लगाइने जनाएको छ ।

पाल्पामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँले १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाउने तयारी गरिएको बताउनुभयो ।

पहिलो चरणमा फागुन १३ गतेदेखि १६ गतेसम्म तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म रामपुर, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने छ ।

खोप अभियानका लागि जिल्लामा २७९ वटा खोपकेन्द्र तय गरिएको छ । दादुरा–रुबेला खोप लगाए विभिन्न रोगको संक्रमण तथा आक्रमणबाट बच्न सकिने, दादुरा सर्ने र अर्को मानिसलाई सार्ने सम्भावना नहुने खोप कार्यक्रमका प्रमुख बिश्वनाथ न्यौपाने बताउनुभयो । दादुरा रुबेला खोपको ९ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकाले अनिवार्य रुपमा लगाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।





error: Content is protected !!