भुकम्पमा श्रीमति र छोरि गुमाएका विक्रमको जिवन झनै कष्टकर बन्दै आएको छ

जाजरकोट ८ फाल्गुन

गत कात्तिक १७ गते भुकम्पमा राति उनले श्रीमती बिन्दु तामाङ र छोरि बिपना तामाङ लाई गुमाए । विक्रम को परिवारमा पहिले ४ जना सदस्य रहेको थियो भने अहिले २ जना बाबु विक्रम र छोरा ८ बर्ष का सगै अस्थायी आवास मा बस्दै आएका छन । विक्रम ले अस्थायी आवास निर्माण को पहिलो किस्ता वापत २५ हजार पाए दोस्रो किस्ता को लागि पर्खिरहेका छन्। उनको जिबन स्थिति अहिले अलि कठिन अबस्था मा बितिरहेको छ। उनको स्थायी घर बाग्मती अञ्चल धादिङ जिल्ला हो । उनि काम खोज्दै हिड्दा जाजरकोट नलगाड पुगेका थिए। बिक्रम ट्याक्टर चालक हुन अहिले पनि छोरालाई पढाउन छोराको भविष्य उज्वल बनाउन पुरानै पेसा ट्याक्टर चालक मै फर्किएका हुन्। उनको सपना अब जन्मघर नफर्कने र छोरालाई सगै राखेर श्रिमति को सपना सजाउने मा व्यस्त छन । विक्रम को माइतिघर पनि नलगाड नजिकै रुकुम आठविसकोट नगरपालिका ११ चौर हो । विक्रम को छोरालाई आमा नहुदा एक्लै रुने बरबराउने गर्छन उनको पढाइमा ध्यान जान सकेको छैन । अहिले गाउघर सबैले सानो सानो सहयोग मा हात बढाइरहेका छन् तर पनि उनलाई जिबन यापन गर्न हम्मेहम्मे परेको बताउछन ।





error: Content is protected !!