छोरी,श्रीमती गुमाएका बिक्रमलाई आठ वर्षको छोरा व्यवस्थापनको चिन्ता

दिपेन्द्र शर्मा
सुर्खेत ःधादिङ घर भई हाल रुकुम पश्चिम आठबीसकोट ११ चौरमा माइती घर भएका बिक्रम तामाङ अहिले समस्यमा छन् । गत कात्तिक १७ राति आएको भूकम्पले गर्दा उनले श्रीमती बिन्दु तामाङ र छोरि बिपना तामाङको मृत्यु भएपछि बिक्रम हैरानीमा परेका हुन ।

चार जनाको परिबारलाई भूकम्पले कारण श्रीमती र छोरी गुमाएपछि पीडामा रहेका बिक्रम अहिले सानो छोराको साथमा रहेका छन् । ८ वर्षको छोरासँग अहिले ट्याक्टर चलाउने काम गरिरहेका छन् ।

अस्थायी आवास निर्माण गर्नका लागि पहिलो किस्ताको रु २५ हजार पाएका उनले दोस्रो किस्ताको पखाइमा रहेका छन् । सानो छोराले बिक्रमलाई काममा निकै समस्य बनाएका छन् ।

८ वर्षको सानो बच्चाले आमा भन्दै रुने , बर्बराउने लगाएका समस्यले गर्दा विक्रमले ट्याक्टर चलाउने काम समेत राम्रोसँग गर्न पाएका छैनन् । आफन्त गुमाउनुको पीडाका साथै छोरालाई व्यवस्थापको अर्को समस्य बिक्रमलाई थपिएको छ ।





error: Content is protected !!