पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

बबिता बिष्ट
पाल्पा / पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढी गाउँपालिका ५ धामिगास्थित चुनढुंगा खानीखानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर सोमबार बिहान आर्थोकघाटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा टिपरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षका प्रदीप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।





error: Content is protected !!