शरणार्थी प्रकरण ः बालकृष्ण खाँण छुटेनन्‚ न्यायाधीशको राय बाझियो

काठमाडौं ः नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्ष थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने विषायमा उच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ।

न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरे पनि न्यायाधीश प्रकाश खरेलले त्यसमा सहमत हुन नसकिने भनेपछि तेस्रो न्यायाधीश समक्ष पेश गर्ने आदेश भएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।





error: Content is protected !!