रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण

रुसी सेनाले  पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ । किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ ।
दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र खसाएको दाबी गर्दै हवाई सेनाले भनेको छ, “समग्रमा दुश्मनले दुई वटा एक्स–५९ क्षेप्यास्त्र र २५ शाहिद–१३६र१३१ आक्रमणकारी ड्रोनको प्रयोग गरेको थियो ।” अघिल्लो जाडोयाममा युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी हमलाका कारण लाखौँ मानिस लामो समयसम्म जाडो र अन्धकारमा बसेका थिए । किएभले पश्चिमी हतियारका साथ उसको हवाई रक्षा प्रणालीहरूलाई बलियो बनाएको छ । यद्यपि उसले कमजोर क्षेत्रका लागि थप हतियार आवश्यक परेको स्वीकार गरेको छ ।




error: Content is protected !!