सुन तोलाको १ लाख १९ हजार ३ सय

काठमाडौं ः नेपाली बजारमा सुनको भाउ आज एक हजार ६ सयले बढेको छ । तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयामा कारोबार भइरहेको छ।










