पूर्वप्रधानमन्त्री नेपालले जाजरकोट थाप्लेबाट गरे अस्थायी टहरा निर्माणको अभियान सुरुवात

मोहनजंग शाही
जाजकोट , ११ मंसिर ः पूर्वप्रधानमन्त्री तथा नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट अस्थायी संरचना निर्माण गर्न गरिएको अभियानको सुरुवात गर्नुभएको छ । भेरी नगरपालिका–३ थाप्ले स्थित सुसिला केसीको अस्थायी संरचना निर्माण गर्न सुरु गरिएको अभियानबाट कामको थालनी गरिएको छ । कम्तिमा १०० घरहरु निर्माण गरेर हस्तान्तरण हुने पूर्वप्रधानमन्त्री नेपालले जानकारी दिनुभयो ।

यो महाविपतीमा सबै मिलेर अगाडी बढ्नुपर्ने र जसले जे सक्छ सोही कार्यबाट कामहरु अगाडी बढाउनुपर्ने उहाँको भनाई थियो । त्यस्तै ५०० जना भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको काम समेत भइरहेको उहाँले बताउनुभयो । रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण सर्बसाधारणको ज्यान गइरहेको समाचार आएको भन्दै यो दुखको समयमा सरकारका संयन्त्रले धेरै प्रक्रियागत कुराहरुको पछि नलागी यूद्धस्तरमा काम गनर््पर्ने उहाँले बताउनुभयो । समावादी पार्टी हरेक नेता तथा कार्यक्रताहरु यतिबेला समाजसेवामा लाग्नुपर्ने समेत उहाँले बताउनुभयो ।





error: Content is protected !!