राहत वितरण , अस्थायी संरचनाको निर्माण कार्य सँगसँगै हुनुपर्छ : मन्त्री ज्वाला

मोहन जंग शाही

जाजरकोट , ११ मंसिर ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्प पीडितका लागि अस्थायी संरचना तथा राहत सामग्रीहरु सँगसँगै लिनुपर्ने लिनुपर्ने बताउनुभयो । समस्य परेको , गरिब तथा विपन्न ,सुत्केरी महिलाहरुको लक्षित गरेर अस्थायी संरचना निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो । प्रक्रियाका नाममा ढिला सुस्ती गर्ने छुट कसैलाई नभएको भन्दै युद्धस्तरमा काम गर्न समेत आग्रह गर्नुभयो ।

जसको प्रक्रिया पूरा भएको छ , त्यहाँ निर्माणका कामहरु अगाडी बढाउन र बाँकी प्रक्रियागत कामहरु हुँदै गर्ने समेत उहाँले बताउनुभयो । भूकम्प पीडितको साथमा सरकार भएको भन्दै जनताले न्याय पाउने गरि काम गर्न निर्देशन समेत दिनुभयो । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले बोलेर भन्दा पनि काम नतिजामा देखिनुपर्ने बताउनुभयो । कानुनी व्यवधान आएमा तत्काल खवर गर्न र सो कुराको समाधान गरिने समेत उहाँले बताउनुभयो । दैनिक चिसोका कारण मानिसहरुको मृत्यु भइरहेको खवरहरु आइरहदा मन्त्री ज्वालाले स्थानीय तह तथा अन्य निकायहरुले नजितामूखी काम गर्न आग्रह समेत गर्नुभयो ।





error: Content is protected !!