यस्तो छ आजको मौसम

काठमाडौँ ः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही देशका बाँकी भू भागको मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही देशको बाँकी भू भागको मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ।





error: Content is protected !!