त्रिपालको सहारामा नगर अस्पतालको सेवा

जाजरकोट ः १५ शश्याको नलगाड नगरपालिकाको नगर अस्पताल भूकम्पका कारण क्षती भएपछि त्रिपालको सहारामा सेवा सुरु भएको छ । दल्लीमा रहेको नगर अस्पतालमा बिरामीको भिड लाग्ने गरेपनि उपचार गर्ने ठाउँको अभावमा समस्य हुँदै आएको छ । अहिले त्रिपालको सहारामा बिरामीहरुको जाँच देखि भर्ना गरेर उपचार कार्य हुँदै आएको छ । भवन भूकम्पले क्षती बनाएपछि समस्य आएको हो । नयाँ अस्पतालको भवन निर्माण नभएको र पुरानोमा भूकम्पले क्षती गरेपछि समस्य आएको हो ।





error: Content is protected !!