भूकम्प पीडित बालबालिकालाई बालमैत्री परामर्श सेवा दिइदै

जाजरकोट , २७ कात्तिक ः भूकम्पबाट पीडित भएका बालबालिकालाई यूनिसेफको आर्थिक सहयोग र आवाज नामक संस्थाको सहजिकरणमा बालमैत्री पशामर्श सेवा दिन सुरु गरिएको छ ।
नलगाड नगरपालिकाको वडा नम्वर ७ दल्ली , वडा नम्बर १ को चिउरी , पालीमा परामर्स सेवा सुरु गरिएको छ । त्यस्तै भेरी नगरपालिकाको वडा नम्बर १ को रिम्ना , रावतगाउँ, पिपे र माथिल्लो थाप्लेमा मनोमरामर्स सेवा दिन सुरु गरिएको आवाजकी कार्यक्रम संयोजक लक्ष्मी चन्दले जानकारी दिनुभयो । यो कार्यक्रम ३ महिना सम्मा चल्ने उहाँको भनाई छ ।
भूकम्पबाट पीडित बनेका बालबालिकालाई मनोबैज्ञानिक त्रासका साथै मनोबल गिद्रो अवस्थामा भएकाले तत्काल मनोपरामर्श सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मानसिक समस्य देखिएपछि तत्काल समस्य समधान गर्न यो पहल थालिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिनुभयो । दुइ पालिकामा गरि झण्डै ४०० भन्दा बढी बालबालिकाहरु सहभागी भएका छन् ।



