एमाले कर्णालीमा विद्रोहको राँको
सुर्खेत ः एमालेको कर्णाली प्रदेशमा गुलाबजंग शाहले प्रदेश अधिवेशनको चुनावमा बाजी मारे । शाहलाई महासचिव शंकर पोखरेलले साथ दिएको दावी गरिएको थियो । पोखरेकै समर्थनमा मीनबहादुर शाही पनि उम्मेदवार थिए । तर, भूगोलका राजनीतिमा सक्रिय रहेका र नेता यामलाल कँडेलको समेत समर्थन रहेको भनिएपछि शाहले चुनाव जित्न सहज भयो । निकै फराकिलो अन्तरमा शाहले शाहीलाई चुनाव हराए ।
तर, चुनावको बेलामा एमालेभित्र देखिएको असन्तुष्टि र विभाजनले कर्णाली एमालेमा निकै ठूलो खटपट निम्त्याईरहेको खबर छ । एमालेभित्र सल्केको उक्त असन्तुष्टि र आक्रोश समाधान भन्दा पनि विद्रोहतिर जाने खतरा देखिन थालेको कर्णालीका एमालेहरुको चिन्ता रहेको छ । एमालेभित्र असन्तुुष्ट पक्षलाई सम्झाउने प्रयास भइरहेको छ । एमाले स्रोतका अनुसार,अध्यक्षमा दावी गरेका दैलेखका राजबहादुर शाहीसहितको टोली असन्तुष्ट रहेको छ । त्यसो त, त्यो असन्तुष्ट समूहभित्र गोरखबहादुर बोगटी समेत रहेका छन् । नेता बोगटी र कँडेलको सम्बन्ध पनि त्यति राम्रो छैन ।
सोहीकारण दुवैले एक/एक जनालाई प्रदेश अध्यक्षमा उम्मेदवार बनाएको चर्चा गरिएको थियो । त्यतिबेला बढेको दूरी घटाउन नेताहरु बिच निरन्तर छलफल भइरहेको छ । तर, सल्टिने संभावना नदेखिएको एमले नेताहरु बताउँछन् । उनीहरुलाई समेट्न नसकिए विद्रोह हुने खतरा रहेको एमाले नेताहरु बताउँछन् । उनीहरुमध्ये केही नेताले विद्रोह गरेमा कर्णाली एमालेलाई निकै ठुलो क्षति पुग्ने पनि बताइएको छ । असन्तुष्टहरुले विद्रोह गरेभने अर्को पार्टीमा जान्छन् वा पार्टीमै जाँदैनन् वा नयाँ खोल्छन् रु भन्ने प्रष्ट चाहिँ छैन र एमालेका असन्तुष्ट पक्ष चाहिँ अहिले विद्रोहको मुडमा रहेको छ । त्यो विद्रोहले नेता कँडेल, बोगटी र शाहको क्षमता र कार्यशैलीमात्र प्रश्न उठाउने छैन्, एमालेलाई पनि क्षति पु¥याउनेछ । त्यसैले, अझै पनि असन्तुुष्ट पक्षलाई सम्झाउने बुुझाउने प्रयास भने जारी रहेको एमाले नेताहरुले बताएका छन् ।
एमालेभित्र गुलाबजंग शाहलाई उम्मेदवार बनाउन नहुने बलियो मत रहेको थियो । २०५४ सालपछि राप्रपाबाट एमालेमा आएका शाहलाई सल्यानमात्र होइन, कर्णालीमा नै उनलाई एमालेभित्र त्यति रुचाईदैन । त्यसमाथि केही महिनाअघि सल्यानकै एक महिला पार्टी सदस्यसँगको अनैतिक सम्बन्धको भिडियोले विवाद भएको थियो । त्यही भिडियो देखाएर अहिले अध्यक्षको उम्मेदवार बनाउन नहुने आवाज उठेको थियो । उक्त आवाजको एमालेले खासै सुनवाई गरेन । सोहीकारण, उनको नाममा असन्तुष्टि थपिने अवस्था बनेको हो । त्यसले गर्दा अहिले उनको सन्दर्भमा थप असन्तुष्टि बढ्दै कर्णली एमालेभित्र विद्रोहको संभावना बढेको हो ।