तप्त हमालद्वारा भूकम्प पीडितलाई ब्यक्तिगत राहत वितरण
मोहन जंग शाही
जाजरकोट ः शुक्रवार राति गएको भूकम्पबाट क्षति भएका नागरिकलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य तप्तबहादुर हमालले ब्यक्तिगत रुपमा २ सय त्रिपाल गृह पालिका कुशेमा वितरण गरेका छन ।
वडा नं ५, ६, ७, ८ र ९ मा १०० थान त्रिपाल वितरण गरीसकेका छन् भने , बाकी १०० थान त्रिपाल वडा नं १, २, ३, र ४ मा सुक्रबार वितरण गर्न लागेको स्थानीय ब्यवसायी शान्तराज हमालले बताए ।