भूकम्पबाट क्षति भएका २ वटा विद्यालय पुनः निर्माण गर्ने ने.वि.संघको घोषणा

मोहन जंग शाही
जाजरकोट ःशुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण क्षति भएका विद्यालय मध्य २ वटा विद्यालयलाई पूनः निर्माण गर्ने र अरु विद्यालयका भवनहरुलाई अस्थायी रुपमा मर्मत गर्ने नेपाल विद्यार्थी संघले पत्रकार सम्मेलन गरेर घोषण गरेको हो ।

यस प्रभावित क्षेत्रमा क्षति भएका विद्यालहरुलाई तिहार पछि अस्थायी रुपमा बनाउने जानकारी दिएको हो । साथै जाजरकोट जिल्लाको भेरी नगरपालिका स्थित वडा नं ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, नलगाड नगरपालिका वडा नं ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विाद्यालयको सम्पुर्ण रुपमा पुनः निमार्ण गर्ने नेपाल विद्यार्थी संघका केन्द्रिय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले वताउनु भयो ।





error: Content is protected !!