रिम्नाको भेरीपुल भुकम्पले क्षती , भेरी करिडोरमा काम गर्ने मजदुरको ज्यान गयो

जाजरकोट ः भुकम्पका कारण भेरी करिडोर भित्र पर्ने जाजरकोटको रिम्ना स्थित भेरी नदीको पुलमा क्षती भएको छ । उक्त पुलको एप्रोच सल्याब क्षतिग्रस्त भएकाले उद्धारमा समस्य भएको जानकारी प्राप्त भएको छ । जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पका कारण जाजरकोटमा जनधनको क्षती भएको छ । दर्जनौ घरहरु भत्किएका छन् । सदरमुकाम भित्र भत्किएका घरहरुमा मानवीय क्षती हुन सक्ने भन्दै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएर उद्धारका कामहरु चलिरहेका छन् । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जाजरकोटको पूर्वमा अधिकांश ठाउँमा भुकम्पले समस्य बनाएको छ । मानवीय तथा भौतिक क्षतीको अवस्था भारी समस्यमूलक रहेको छ ।भेरी करिडोरमा काम गर्ने मजदुरको समेत ज्यान गएको छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!