विन्डोज ७ प्रडक्ट की प्रयोग गरेर अब विन्डोज ११ अपग्रेड गर्न नसकिने

काठमाडौं ः अब विन्डोज ११ एक्टिभेट गर्न विन्डोज ७ वा विन्डोज ८ को प्रडक्ट की प्रयोग गर्न नपाइने भएको छ । माइक्रोसफ्टले आफ्नो कमजोरी सुधार गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअगाडि विन्डोज ७ र ८ को की प्रयोग गरेर प्रयोगकर्ताले विन्डोज १० अथवा विन्डोज ११ मा निःशुल्क अपग्रेड गर्नसक्थे । अब भने पुरानो संस्करणका की प्रयोग गरेर विन्डोज ११ अपडेट गर्न खोज्दा एक्टिभेट गर्न नसकिने सन्देश आउँछ ।
यद्यपि पहिले नै यो माध्यमबाट विन्डोज अपडेट गरेको पुरानो ुकीुले भने काम गर्ने बताइएको छ । तर भविष्यमा भने त्यसरी अपडेट गर्न सकिँदैन ।
अहिलेको कीले विन्डोज ११ एक्टिभ गर्न नसके माइक्रोसफ्ट स्टोर वा आधिकारिक रिटेलको माध्यमबाट नयाँ की किन्नुपर्ने माइक्रोसफ्टले जनाएको छ ।









