मनपरी भाडा असुल्दा यात्रु मर्कामा

मोहन जंग शाही

जाजरकोट ः यात्रुको चाप बढ्ने समयमा स्थानीय यातायात व्यवसायीको मनपरी यसपालि पनि देखिन थालेको छ । दसैँतिहार, नयाँ वर्ष वा अन्य कुनै बेला पनि यात्रु केन्द्रित समयमा यातायात व्यवसायीले मनपरी भाडा असुल्ने र यात्रुमाथि पशुको जस्तै व्यवहार गर्ने गरेका छन् ।

काठमाडौँबाट जाजरकोट खलंगा आउने यात्रुले डोल्पाको टिकट काटेर आउन बाध्य बनाइएको छ । यातायात व्यवसायी तथा टिकट काउन्टरका कर्मचारीले यस्तो बाध्यता सिर्जना गरेका हुन् । लामो दुरीका सुर्खेत, नेपालगंञ्ज, जाजरकोटका लागि छुट्ने यातायातमा पनि उस्तै मनपरी छ  ।

सुर्खेत ,नेपालगंञ्ज देखि जाजरकोट आउने यात्रुले पनि त्यस्तै समस्या खेपिरहनु परेको यात्रुको भनाई छ । मनपरी भाडा असुली , सीट भन्दा धेरै सवारी बसाल्ने , लामो यात्राका गाडीहरुले पैसाको लालजले लोकल सवारी चढाएर लामो यात्रा गर्ने यात्रुहरुलाई दुख दिने गरेको सरद शाहीले वताए ।





error: Content is protected !!