कर्णाली सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई तीन लाख दिने

सुर्खेत ः कर्णाली प्रदेश सरकारले इजरायलमा फ्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई जनही तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली एवम् घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बैठकले इजरायलमा रहेका नागरिकको छिटो भन्दा छिटो उद्धार गर्न पनि संघीय सरकारलाई आग्रह गरेको छ ।
यस्तै बैठकले नेपाल बार एशोसियनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रुपैयाँ सहयोगरअनुदान प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको बालीनाली तथा पशुपन्छीहरु क्षति भएकोमा कृषकहरुलाई ६ करोड रुपैयाँ राहात प्रदान गर्न स्वीकृति दिएको छ ।









