रिगलको कैद मिनाह प्रकरण ः सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
काठमाडौं ः ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ुरिगलुको कैद मिनाह गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।
आज बिहीवार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न भनेको हो।
संविधान दिवसका अवसरमा यही असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकालको कैद मिनाह गरेका थिए।
हत्या भएका चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भारतीलगायत उनका परिवारको सुरक्षाको प्रत्याभूति दिन पनि आदेश दिएको छ।
कैद माफी गर्दा भएका सबै निर्णयको सक्कलप्रति झिकाउन पनि सर्वोच्चले आदेश दिएको छ। यस्तै सर्वोच्चले मुद्दाको सुनुवाइका दिन बहसमा आफैँ उपस्थिति हुन महान्यायाधिवक्तालाई आदेश दिएको छ।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)