खलंगामा छड्के बजार अनुगमन गर्दा झण्डै ५० हजार बराबरको सामान नष्ट गरीयो

जाजरकोट ः चाडपर्वलाई लक्षित गर्दै जाजरकोट सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको मुख्य आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो ।

बजारमा दररेट फेरबदल, म्याद नाघेका समानको विक्री, मुल्यमा एकरुपता नभएको भन्ने सर्वसाधरणको गुनासो आएपछि संयूक्त बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटमा कार्यरत पवन शर्माले जानकारी दिए । अधिकांश पसलहरु पहिलेको भन्दा सुधार भएको शर्माले बताए ।

गैरीखाली,शान्तिचौतारा, ठाँटी बजारमा अनुगमन गरिएको छ । कतिपय पसलहरु बाट म्याद गुज्रेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । ५० हजार भन्दा बढी मुल्य बराबरका खाद्य सामग्री बरामद गरिएको छ । दर्ता नभएका उद्योग तथा पसलहरुलाई दर्ता गर्न सल्लाह दिईएको छ ।

जिल्ला कृषि विकास कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, नागरिक समाज, पत्रकार महासंघ, उपभोक्ता हक हित संरक्षण मञ्चका प्रतिनिधीहरुको उपस्थितिमा संयूक्त बजार अनुगमन गरिएको छ ।





error: Content is protected !!