यी हुन् एमाले कर्णालीमा निर्विरोध निर्वाचित उम्मेदवारहरू
सुर्खेत ः नेकपा एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावली एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनका लागि तोकिएको कोटाभन्दा धेरै उम्मेदवारी नपरेको र केहीले उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।
निर्विरोध निर्वाचित हुनेमा जुम्ला प्रदेशसभा ९क० बाट धनकृष्ण पाण्डे र भीमबहादुर थापा, जुम्ला प्रदेशसभा ९ख० बाट दुईजना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा ९ख०बाट एक महिला सदस्यमा चुक्की शाही गरी पाँचजना छन्।
यसैगरी हुम्ला भूगोलतर्फ प्रदेशसभा ९ख० दुईजना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा ९ख० एकजना महिलातर्फ रूपा शाही ३ जना प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन्।
डोल्पा जिल्ला भूगालेतर्फ प्रदेशसभा ९क० मा दुईजना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय ९बुढा० र प्रदेशसभा ९ख० दुईजना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक महिला सदस्यतर्फ चन्द्राकुमारी बुढा गरी ६ जना सदस्य प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी मुगु जिल्ला भूगोलबाट प्रेदशसभा ९क० मा दुईजना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिङ लामा, एकजना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा ९ख० दुईजना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एकजना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
सुर्खेत जिल्लाको प्रदेशसभा भूगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१९क० मा दुईजना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१९ख० एक महिलातर्फ हरिकला राना गरी चारजना सदस्य निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२९क० महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा–२९ख० बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य एमाले कर्णाली प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएकी छन्।
दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा ९ख० एक महिला सदस्यमा तप्तकुमारी खड्का थापा, दैलेख प्रदेशसभा–२९क० सर्वराज महतारा र डा। रमेशकुमार आचार्य गरी तीनजना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
रुकुमपश्चिम प्रदेशसभा ९क०बाट दुईजना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा ९ख० मा दुईजना पुरुषतर्फ गणेशकुमार विक र टंकप्रसाद वली निर्विरोध पाँचजना उम्मेदवार प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन्।
यसैगरी सल्यान प्रदेशसभा ९क०मा दुईजना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा ९ख०मा दुईजना पुरुषतर्फ घनश्याम शर्मा र बुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ।
जाजरकोट प्रदेशसभा ९क० भूगोलतर्फबाट एक महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन्। यसैगरी जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच महिला सदस्यमा चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित भएका छन्। पाँचजना महिला सदस्य रहेको कोटामा दुईजना महिलाको मात्रै उम्मेदवारी परेको हो।
एकजना कोटा रहेको अल्पसंख्यकमा दैलखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा चुनिएका छन्। प्रदेश लेखा समिततका उपाध्यक्षमा अमरबहादुर चन्द, दुई महिला सदस्यमा जाजरकोटकी कमलाकुमारी शाही र रुकुमपश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएका छन्।
लेखा समितिको खुला २ जना सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको छ। जसमा रुकुम पश्चिमका मिजास मल्लको उम्मेदवारी परेको हो। उनी पनि निर्विरोध लेखा समितिको सदस्यमा निर्वाचित भएका छन्।