पचास शय्याको जाजरकोट अस्पताल मन्त्री बस्नेतद्धारा उद्घाटन

  जाजरकोट ः पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण कार्य पूरा भएपछि शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गनुभएको छ । संघीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई असार ११ गते हस्तान्तरण गरेको थियो । आज औपचारिक रुपमा अस्पतालको उद्घाटनसँगै नयाँ भवनबाट सेवा सुरु गर्न लागिएको छ ।

विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो भने २०७९ चैत २४ गते निर्माण पूरा गर्ने सहमति रहेको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा समेत सहज हुने भएको छ ।


रु ३१ करोड ५६ लाख ७७ हजार चार सय ६२ मा भवन निर्माण सम्पन्न भएको जनाइएको छ । अस्पतालले जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणलाई सेवा पुग्ने छ । भवन निर्माणसँगै बिभिन्न निकायको सहयोगमा जनशक्ति सहितको व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए ।


प्रदेश सरकारले भर्खरै मात्र जाजरकोटमा ६ जना करारका डाक्टर पठाएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट पनि व्यवस्थापन हुने मन्त्री बस्नेतले बताए । स्वास्थ्य विभागमा समेत विशेषज्ञ चितिक्सक पठाउने विषयमा छलफल भएको र अर्को चरणमा छलफल समेत गरेर यहाँको अभाव पुर्ती हुने मन्त्री बस्नेतले बताए ।


कार्यक्रममा पुर्वमन्त्री सत्य पहाडीले जाजरकोटका विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । विकासका लागि कोही पक्ष र कोही विपक्ष हुनुपर्ने कारण छैन , हामी सबै एकै ठाउँमा आउने अनि मात्र जिल्लाको संमृद्धि आउने उनले विश्वास लिए ।

त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले अस्पतालमा भइरहेको राजनीतिका बारेमा आफू जानकार भएको भन्दै नसुधिए तह लगाउने बताए । प्रदेश मताहातमा रहेको यो अस्पतालाई नमुना बनाउने अभियानमा आफूहरु लागेपनि त्यो कार्यमा भाँचो हाल्नेलाइ हदै सम्मको कारबाही गर्ने समेत मन्त्री सिंहले बताए ।





error: Content is protected !!