जनताको भरोसाका सुत्रधार शक्ति ः यस्तो छ कार्यक्रमको कार्यतालिका !

   हेमन्त केसी
जाजरकोट , १२ असोज ः चुनावी कार्यक्रम सकेर काठमाडौँ गएका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत लामो समय पछि सदरमुकाममा कुनै औपचारिकतामा नलागी बारेकोट गाउँपालिकामा पुगे । वर्षायाममा भत्किएका सडकलाई छिचोल्दै पालिकाबाट हिडेर बस्ती सम्म पुगेका मन्त्री बस्नेतलाइ बाटोमा सर्बसाधारणले विकासको सुत्रपात तथा भरोसा भन्दै खुसी व्यक्त गरे । कम बोल्ने अन्तरमुखी सोभाबका मन्त्री बस्नेत आफूले गर्ने कामको मात्र सिमिता भित्र रहेर अभिव्यक्ती दिने नेता भित्र पर्दछन् ।

बिवादमा नआउने तर सबैसँग समान व्यवहारका धनी मन्त्री बस्नेत बारेकोटमा अधिकांश टोलमा अन्तरक्रिया गर्दै विकास निर्माणमा भएका समस्य देखि समाधानका उपाय सम्मको विषयमा समेत छलफल गरिरहेका छन् । मितव्ययी भएर सबैका काम गर्ने छबी बनाएका मन्त्री बस्नेत बारेकोटको रोकायगाउँ , काउली , लिम्सा , कार्कीज्यूला , सक्ला लगाएका ठाउँमा जनतासँग अन्तरक्रिया भएको छ । सडक ,खानेपानी , विद्युत , सिँचाइ , जडीबुटी लगाएतका क्षेत्रमा जनताले उठाएका कुराहरुमा छलफल भएको पुर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य सत्य पहाडीले जानकारी दिनुभयो । बारेकोटमा टेलिफोन टावर , इन्टरनेट सेवाको भारी माग पुरा भएको भन्दै यहाँका यूवाहरुले मन्त्री बस्नेतलाई धन्यवाद समेत दिएका छन् । त्यस्तै बारेकोटको समग्र विकासका लागि मन्त्री बस्नेतले भारी ध्यान दिई दुर्गमबाट सहजता तीर ल्याइपुर्याएको भन्दै सर्बसाधारणले खुसी व्यक्त गरेका छन् । अब नयाँ ट्याक खोलिएका सडकहरुको स्तरोन्नतीका लागि पहल गर्न समेत ध्यानाक्रषण गराएको बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले बताउनुभयो ।

५ वर्ष पहिला सम्म २ दिन लगाएतका सदरमुकाम आउने बारेकोटबासी अहिले गाडीमै सदरमुकाम आएर फर्कन सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट बारेकोटका लागि दर्जनौ योजना आएको उहाँले बतानुभयो । दुइ दिने कायक्रम बनाएर जनभेटघाट तथा छलफलमा रहेका मन्त्री बस्नेतले नेता ,कार्यकत्ता भन्दा पनि कहिले पनि भेट हुन नसक्ने सर्बसाधारणसँग अन्तरक्रिया गरिरहनुभएको छ । रेडियो ,टेलिभिजनमा मन्त्री बस्नेतलाई देखेको ,सुनेका सर्बसाधारणसँग छलफललाइ बढी ध्यान दिएको उहाँको सचिवालयले बताएको छ । जनयुद्धको समयमा अधिकांश भुगोल अध्ययन गरि स्थलगत रुपमै पुगेका मन्त्री बस्नेत सबै कुराका जानकारी रहदै आउनुभएको छ ।

जिल्लामा रहदा पचास शश््याको जिल्ला अस्पतालको भवन उद्घाटन , जाजरकोट बहुप्राविद्यिक शिक्षालयको उद्घाटन , जडीबुटी प्रशोधन केन्द्रको अबलोकन , जिल्ला समन्वय समितिको समिक्षा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । दुर्गमको पगरी गुथेको जाजरकोटमा भारी मात्रामा काम भएको भन्दै बाहिरबाट जाजरकोट घुम्न आउने आन्तरिक पर्यटकले मन्त्री बस्नेतलाई धन्यवाद दिने गरेका छन् ।

बरिष्ठ पत्रकार तथा नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सदस्य मोहनकाजी न्यौपानेले विकास निर्माणको सवालमा जाजरकोट धेरै अगाडी बढेको बताउनुभयो । बारिरबाट हेर्दा केही भएको छैन झैँ सुनिन्थ्यो , खासमा जाजरकोटमा धेरै काम भइसकेको रहेछ । शक्ति जस्तो नेता पाउनु् जाजरकोटीको भाग्य रहेको समेत उहाँले उल्लेख गर्नुभयो । ठुलो तडक ,भडक गर्न नरुचाउने मन्त्री बस्नेत काममा विश्वास गर्ने नेतामा पर्दछन् ।





error: Content is protected !!