मुख्यमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति, ठेकेदार र माफियाले नेपालको ऐन कानुन बनाउदा रैछन ः मुख्यमन्त्री शर्मा

रुकुम पश्चिम ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा र प्रतिनिधीसभा प्रति प्रश्न उठाउदै एक गैरजिम्मेवार र विवादित अभिब्यक्ति दिएका छन । एक मेला उद्घाटनका लागि गृह जिल्ला रुकुम पश्चिममा पुगेका मुख्यमन्त्री शर्माले नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ऐन कानुन ठेकेदार र माफियाले बनाउने गरेको जस्तो अनुभुति भएको जस्तो बताएका छन ।
रुकुम पश्चिम प्रदेशसभा सांसद समेत रहेका मुख्यमन्त्री शर्माले सांसदहरुले बनाउने ऐन कानुनलाई माफियाहरुले बनाउने गरेको अभिब्यक्ति दिएपछि विवादमा परेका छन । रुकुम पश्चिमबाट तपाई लगायत धेरै नेताहरु मन्त्री मुख्यमन्त्री भएपनि रुकुममा धेरै विकास आयोजना किन लामो समय सम्म सम्पन्न हुन नसकेको भन्ने पत्रकारको प्रश्नमा उनले नेपालका कानुन ठेकेदार र माफियाले बनाउने गरेका कारण विकास समयमै हुन नसकेको ब्यक्ति गरेका हुन ।
‘कहिले काँहि मलाई के अनुभुति हुन्छ भने सार्वजजिक खरिद ऐन ठेकेदारले त बनाउदैनन्, कहिले हाम्रो भुमि सम्बन्धी नीति भूमाफियाले त बनाउदैनन हँ, स्वास्थ्य सम्बन्धी नीति मेडिकल माफियाले त बनाउदैनन् हँ’ उनले भने, ‘कहिलेकाँहि मलाई पनि यो अनुभुति हुन्छ ।’ उनको भनाईले ऐन कानुन बनाउने जिम्मा पाएको सार्वभौम आफ्नै प्रदेश सांसद पदको समेत खिल्ली उडेको छ भने कानुन बनाउने प्रतिनिधी तथा प्रदेशसभामाथी समेत प्रश्न उठेको छ गोरखापत्रमा समाचार छ।





error: Content is protected !!