शिक्षक नै एमालेको प्रदेश प्रतिनिधि

डोल्पा ः डोल्पाबाट शिक्षक नै नेकपा एमालेको प्रदेश प्रतिनिधि भएर गएको खुलेको छ । विद्यालयमा विदा लिएर उनीहरु पार्टीको प्रतिनिधि भएर सुर्खेत पुगेको पाइएको छ । राजनीतिमा व्यापक लागेको भन्दै आलोचना भइरहेको समयमा फेरी शिक्षक पार्टीकै प्रतिनिधि भएर जाँदा डोल्पाको राजनीतिमा शिक्षकको चासो कति सम्म छ भन्ने स्पष्ट हुने गरेको छ ।

डोल्पाबाट मात्र ५ जना भन्दा बढी शिक्षकहरु एमालेको प्रदेश प्रतिनिधि भएर कार्यक्रममा सहभागी भएका छन् । सहभागी हुनेहरुमा शेरबहादुर बुढा , गणेशमान पुन लगाएतका रहेको छन् ।





error: Content is protected !!