एमाले अध्यक्ष ओली नेपालगंज–कोहलपुर हुँदै सुर्खेत आउने

सुर्खेत ः बुधबार (आज) कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने नेकपा एमालेको प्रदेश अधिवेशन दिउँसो १ बजे उद्घाटन हुँदै छ । उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

ओली काठमाडौँबाट नेपालगंज हुँदै सुर्खेत आउने कार्यतालिका रहेको छ । एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार अध्यक्ष ओली नेपालगञ्ज विमानस्थलमा आएर कोहलपुर–रत्नराजमार्ग हुँदै वीरेन्द्रनगर आउने छन् ।

कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनेछन् । अधिवेशनको तयारी पुरा भइसकेको प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।





error: Content is protected !!