चिनसँग जोडिएका डोल्पाको दुइ नाँका खुल्ला

डोल्पा ः चिनसँग जोडिएका डोल्पाका दुइ नाँका खुल्ला गरिएको छ । चिनिया दुताबासले डोल्पाको सिमानासँग जोडिएका दुइ नाँकाहरु खुल्ला भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उपल्लो डोल्पामा सिमा सुरक्षा देखि इलाका प्रशासन स्थापनाको माग

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको चिन भ्रमण भइरहरको समयमा उपल्लो डोल्पाका दुइ नाँकाहरु खुल्ला गरिएको छ । शे फोक्सुण्डोको नाका खुङला र डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाको मर्युम नाका खुल्ला गरिएको छ ।

केही समय अघि डोल्पामा सिमानामा रहेको नाका खुल्ला गर्नका लागि प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री बीरबहादुर शाहीको नेतृत्वको टोलिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो । त्यस्तै पुर्वमन्त्री धनबहादुर बुढाले समेत ज्ञापन पत्र बुझाएका थिए । भन्सार खोल्ने विषयमा समेत व्यापक छलफल भएको पुर्वमन्त्री शाहीले बताए । उपल्लो डोल्पाका दुइ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना देखि सिमा क्षेत्रमा सुरक्षा क्याम्प स्थापना गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग व्यापक छलफल भएको पुर्वमन्त्री शाहीले बताए ।

तीन वर्ष अघि प्रचण्डले उपल्लो डोल्पा जाँदा यस्तो बताएका थिए भिडियो सहित





error: Content is protected !!