प्रधानमन्त्रीले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै छन्।

प्रधानमन्त्रीले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्ने तय भएको छ।

दाहालले यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न राष्ट्रका प्रमुख एवं सरकारप्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा नेपालको पारस्परिक सहयोग र दिगो विकासका मुद्दामा छलफल थियो।

प्रधानमन्त्री न्यूयोर्कबाट शुक्रबार चीन प्रस्थान कार्यतालिका छ। उनी असोज १३ मा स्वदेश फर्किनेछन्।




सम्बन्धित समाचार


error: Content is protected !!