सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

काठमाडौं ः काठमाडौंमा आन्दोलनरत शिक्षक सुरक्षा माग गर्दै गृह मन्त्रालय पुगेका छन्। आफूहरूको आन्दोलनमा सुरक्षा व्यवस्था मजबुत पार्न तथा ट्राफिक व्यवस्थापन सहज बनाइदिन भन्दै नेपाल शिक्षक महासंघको टोलीले बिहीबार बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको हो।

​ महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी आफूहरू वार्ताका लागि भने मन्त्रालय नगएको दाबी गरे। ‘हामी वार्ताको लागि गएको होइन,हाम्रो आन्दोलनको सुरक्षा र ट्राफिक व्यवस्थापनको माग राखेर मन्त्रालय गएका हौँ’, भने ।

उनका अनुसार गृह मन्त्रालयमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र महासंघका अध्यक्ष कमला तुलाधर सहभागी थिए।

शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलनरत छन्। उनीहरू बिहीबारदेखि पठनपाठन नै बन्द गरेर आान्दोलनमा उत्रिएका छन्। आन्दोलन आज पनि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने महासंघका महासचिव सुवेदीले जानकारी दिए।





error: Content is protected !!