शे फोक्सुण्डोबाट हराएका मुर्ती डोल्पोबुद्धको फोलोङकार्बोमा भेटिए

डोल्पा ः गत असार ८ गते माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका ४ का लार्जम लामाको घरबाट हराएका ९ वटा साना तथा ठुला बुद्धका मुर्ति,स्तुपा,पुलिकहरु प्रहरीले फेला परेको छ । ४÷५ जना हतियारधारीको समुहले लामाको घरमा राखिएको बहुमुल्य मुर्ति,स्तुपा करिब ३ महिना पछि डोल्पोबुद्ध गाउँपाकालिका ३ को फोलोङकार्बोमा फेला परेको प्रहरीले जनाएको छ ।

फोलोङकार्बोमा सेतो बोरामा निलो कपडाले छोपेको संकास्पद अबस्थामा राखिएका ति मुर्तीहरु भदौ २७ गते घाँस काट्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त मुर्ति भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए । डिएसपी बुढाथोकीका अनुसार लुकाएर राखेको बोरामा बुद्ध स्तुपा थान १,धातुको जस्तो देखिने बिभिन्न मुर्तिहरु ७ थान गरी ८ थान ब्यवारिसे अबस्थामा ओडारमा फेला परेको बताए । धो प्रहरी चौकिले स्थानीयको रोहबरमा ल्हाछाप गरी ल्याएका मुर्ति,स्तुपा जिल्ला प्रशासन कार्यालय डोल्पामा बुधाबार सार्वजानिक गरिएको हो ।

असार ८ गते राति शे–फोक्सुण्डो ४ बाट हराएका स्तुपा र मुर्तिहरु डोल्पोबुद्ध गाउँपालिका ३ मा ब्यवारिसे अबस्थामा फेला पर्नुले चोरले सुरक्षा चेक पोईन्टहरुबाट जिल्ला बाहिर लिन सक्ने अबस्था नभएपछि लुकाई राखेको र अबस्था सामान्य भएपछि बाहिर लिने तयारी रहेको प्रहरीको निष्कर्ष छ । स्तुपा,मुर्ति फेला पर्नु सकारात्मक पक्ष हो तर उपलब्धी हैन अभियुक्त फेला नपरे सम्म प्रहरी निरन्तर लागि रहन्छ तर राजनीतिक दल स्थानीयको ठुलो सहयोगको खाँचो रहेको डिएसपी बुढाथोकीले बताए ।


प्रहरीले ब्यवारिसे फेला पारेका मुर्ति,स्तुपा मध्य ६ वटा शे–फोक्सुण्डो गाउँपालिका ४ लार्जम लामाको भएको भनि लार्जम लामाकी छोरी बर्ष ३६ की पेम्बा पुटिक लामाले सनाखत गरिदिएको र अन्य दुई मुर्ति कुन गुम्बाका हुन भन्ने बारे अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीले जानकारी दिए । डिएसपी बुढाथोकीका अनुसार फेला परेका मुर्तिक कानुनी प्रकृया अनुसार पुरातत्व बिभागमा पठाएर प्रमाणित हुने भएकोले थप अनुसन्धान गरिने बताए । माथिल्लो डोल्पामा सुरक्षा ब्यवस्था नभएको कारण सयौ बर्ष पुराना बहुमुल्य मुर्तिहरु चोरी हुने गरेका छन ।





error: Content is protected !!