कस्तो भयो त पहिलो चरणको माओवादी अभियान ?

जाजरकोट ः हरेक टोल ,टोलमा कार्यक्षेत्र बनाएर वर्षाको झरीसँगै पुगेका नेकपा माओवादी केन्द्रका नेता कार्यक्रताहरु पहिलो चरणमा कस्तो रह्यो भन्दै समिक्षामा जुटेका छन् । जाजरकोट सदरमुकाममा स्थित पार्टी कार्यालयमा भएको समिक्षामा सातै पालिका भित्र खटिएको टिमको प्रमुखहरु सहभागी रहेको बताएको छ । पहिरो चरणको अभियान भारी रुपमा सफल भएको उनीहरुको भनाई छ ।
जनतासँगको अन्तरक्रिया , छलफल तथा भेटघाट भारी मात्रामा भएको नेताहरुले बताएका छन् । सबै खालका माओवादीहरु मिलेर जानुपर्नेमा अधिकांशको सुझाव रहेको नेताहरुले बताएका छन् । माओवादी पार्टीको अहिले पनि उत्तिकै भरोसा जनतामा छ , उत्तिकै माया पनि छ कर्णाली प्रदेशका उपाध्यक्ष ढकबीर रानाले बताए । राना जुनिचाँदे गाउँपालिकामा खटिनुभएको थियो । पालिका भित्रको रिर्पोटिङको काम भइरहेको उहाँले बताउनुभयो ।








